२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चार महिनाअघि दर्ता भएको श्रम संस्कृति पार्टीले जित्यो तीन सिट



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १६२
  • काठमाडौं, फागुन २४ - हालै मात्र स्थापना भएको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा प्रत्यक्षतर्फ तीन सिट जितेको छ।

    पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट निर्वाचित भएका छन् भने महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन्। यस्तै ध्रुवराज राई भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

    धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले गत असोजमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। त्यसपछि आयोगले कात्तिक १६ गते श्रम संस्कृति पार्टीलाई औपचारिक रूपमा दल दर्ता गरेको थियो।

    उता समानुपातिकतर्फ मतगणना जारी रहँदा हालसम्म करिब ४३ लाख मत गणना भइसकेको छ। उक्त मतमध्ये श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ।

    समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व प्राप्त गर्नका लागि कुनै पनि दलले कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था रहेको छ।