२९ चैत २०८२ आईतबार | 12 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मन्त्री सोविता गौतमसँग स्वीट्जरल्यान्डका राजदूतको भेट



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, चैत २५ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गर्नुभएको छ।

    भेटका अवसरमा राजदूत म्युलीले मन्त्री गौतमलाई नवनियुक्त पदको जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभयो।

    उक्त भेटवार्तामा नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, आपसी सहकार्य र विकास साझेदारीका विषयमा छलफल भएको थियो। दुबै पक्षले विगतदेखि कायम रहेको सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिएका थिए।

    त्यसैगरी, नेपालको शान्ति प्रक्रिया र न्याय प्रणालीमा जनताको पहुँच विस्तार गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको जनाइएको छ। यी क्षेत्रहरूमा सहयोग बढाउने सम्भावनाबारे समेत छलफल भएको थियो।