काठमाडौं, जेठ १३ - प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन्।
संसद् बैठकमा आफ्नो प्रश्नको जवाफ नपाएको भन्दै साम्पाङले सभामुख डोल प्रसाद अर्यालसँग ध्यानाकर्षण गराए। उनले भने, “प्रधानमन्त्रीले लगातार प्रश्नको उत्तर दिनु पर्ने व्यवस्था भए पनि हालसम्म जवाफ उपलब्ध गराइएको छैन।”
साम्पाङले प्रधानमन्त्रीको उपस्थिती सुनिश्चित नभएसम्म आफू बैठकमा बस्न नसक्ने बताएका थिए र अन्ततः सभामुखसँग आफूलाई बैठकबाट बाहिर निकाल्न अनुरोध गरे। केहि समय सवालजवाफ चलेपछि उनी बैठक कक्षबाट बाहिर निस्किए।
प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार, प्रधानमन्त्री र मन्त्रीले संसदमा उठेका प्रश्नको उत्तर सात दिनभित्र दिनुपर्ने प्रावधान छ। साम्पाङले यस नियमको पालना नभएको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस