११ जेठ २०८३ सोमबार | 25 May 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा सभापति लामिछाने भारतको औपचारिक भ्रमणमा जाने



  • अञ्जना ढकाल
  • १३ घण्टा अघि
  • पाठक संख्या ५८
  • काठमाडौं, जेठ १० - सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय सरकारको निमन्त्रणामा तय भएको यो भ्रमण दुई देशबीच उच्चस्तरीय सम्बन्ध पुनः सुदृढ गर्ने महत्वको रुपमा हेरिएको छ।

    रास्वपा स्रोतका अनुसार, लामिछाने जेठ १८ को आसपास भारत जाने तयारीमा छन्। भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकर सँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

    नयाँ सरकार गठनपश्चात नेपाल–भारतबीच उच्चस्तरीय भेटवार्ता कम भएका थिए। विगतमा भारतीय विदेश सचिवको नेपाल भ्रमण रद्द भएको थियो भने परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमण पनि स्थगित गरिएको थियो। खनाल जेठ १८ मा ‘बिग क्याट अलाइन्स’ सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली जाने तयारीमा थिए, तर सम्मेलन स्थगित भएपछि भ्रमण रोकिएको थियो।

    नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवातका रूपमा लामिछानेको भ्रमणलाई महत्वका साथ हेरिएको छ। भारतले प्रधानमन्त्री बालेन्द्र शाह लाई भ्रमणको निमन्त्रणा दिइसकेको भए पनि अहिलेसम्म भ्रमण निश्चित भएको छैन।