इलाम उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पठाउने ।
रास्वपाले इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उप-निर्वाचनको तयारी सुरु गरेको हो ।
आज बसेको पार्टी सचिवालयको बैठकमा पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको हो भने इलामको बसाईमा उहाँले स्थानीयसँग भेटघाट गर्ने साथै उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस