८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘गल्ती सच्याउँछौं भनेर बोल्नुपर्छ, जनतासँग माफी मागेर जानुपर्छ’

गल्ती गरिरहेका छौं, त्यो गल्ती सच्याउँछौं भनेर बोल्नुपर्छ । एमालेको भागमा कोशी पर्‍यो, र म मुख्यमन्त्री भए भने पनि यो कुरा बोल्नुपर्छ । अर्को कोही आए भने पनि हाम्रो कमजोरी हो, सच्याएर अगाडि जान्छौं भनेर जनतालाई भन्नैपर्छ ।



  • सिमोन भट्टराई
  • ९ महिना अघि
  • पाठक संख्या ३३७
  • ३ चैत, काठमाडौं  - संघीय सत्ता समीकरण बदलिए सँगै प्रदेश सरकारहरु बदल्ने गृहकार्यमा नेताहरु जुटेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरु प्रदेश नेतृत्वको भागबन्डा गर्ने छलफलमा जुटिरहँदा प्रदेश तहका नेताहरु नेतृत्व मनाउने जोडबलमा देखिन्छ ।

    तर, लगातार सत्ता समीकरण बदलिरहँदा प्रदेश सरकार अस्थिर मात्रै नभएर कतिपय प्रदेशमा संवैधानिक अड्चन आउन सक्ने आँकलन समेत भइरहेको छ । त्यस्तै मध्येका एक हो, कोशी प्रदेश ।

    एक वर्षमै पाँच वटा सरकार बदलिसकेको कोशीमा छैटौं सरकारको गृहकार्य सुरु भएको छ । पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की, यो तहको अस्थिरताका निम्ति जनतासँग माफी माग्नुको विकल्प नरहेको बताउँछन् ।

    ‘दुर्भाग्य र बाध्यतावस यो काम गरिरहेका छौ, हामी अब आफूलाई सच्याएर अगाडि बढ्ने र आगामी दिनहरुमा यस्ता काम नगर्न प्रतिबद्ध छौं भनेर माफी मागेर जानुपर्छ,’ उनी भन्छन्, ‘कमजोरीलाई धाकछोप त गर्न सकिंदैन नि ! गल्ती गरिरहेका छौं, त्यो गल्ती सच्याउँछौ भनेर बोल्नुपर्छ ।’