२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्री रवि लामिछाने र सहकारीका बारेमा संसदमा जवाफ दिँदै के भने प्रचण्डले



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ३४९
  • काठमाडौ - चैत ६ सोमबार का दिन  कान्तिपु टेलिभिजन को एक कार्यक्रम मा  संसदमा कांग्रेसलाई जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले भने - 'सहकारी प्रकरणमा गृहमन्त्री रवि दोषी छैनन्, मसँग रिपोर्ट छ'

    ‘पहिलो कुराचाहिँ रवि लामिछानेको बारेमा जो चर्चा, परिचर्चा भएको छ, त्यो कहीँ कतै प्रमाणित पनि छैन, त्यस्तो आधार पनि छैन।

    एउटा उजुरी पोखरामा परेको छ, उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने या मन्त्री छोड्नुपर्ने भन्ने हुँदैन। उजुरी त जहाँ पनि जसको बारेमा पनि पर्नसक्छ’, कान्तिपुर टीभीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मैले अनुसन्धानकर्ताहरूसँग बुझी पनि सकेँ, आज।

    म यत्तिचैँ भन्छु– रविको फ्लर्ट छैन...मानिसहरूमा एउटा कन्फ्युजन त छ, त्यो क्लियर गर्नुपर्ने छ, तर जो अथोरटी हो नि, जसले हेरिराखेको हुन्छ नि, ककल्ले के के हो भन्ने कुरा, रविको चाहिँ सहकारीमा फ्लर्ट छैन भन्ने कुरा मलाई नै भनेको रिपोर्ट पनि मसँग छ प्रचण्डले भने ।