२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मल बोक्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु



  • AMITA BHATTARAI
  • २ बर्ष अघि
  • पाठक संख्या ४२४
  • इलाम - मल बोक्ने क्रममा भीरबाट लडेर इलाममा एक महिलाको मृत्यु भएको छ । इलाम नगरपालिका–१० , गोदकराई गाउँ निवासी ३१ बर्षीया ऋतु लिम्बूको मृत्यु भएको हो ।

    आइतबार साँझ ५ बजेतिर मल बोकेर जाने क्रममा बाटोमा पर्ने बरभीरबाट लडेर उनको मृत्यु भएको हो। मलको भारी बोकेर जाने क्रममा लिम्बू भीरबाट लडेर करिब पाँच सय मिटर तल झर्दा उनको घटनास्थलमा नै ज्यान गएको सोही वडाका कार्यवाहक वडाध्यक्ष बालकृष्ण गौतमले जानकारी दिए ।

    त्यस्तै घटना घटेको केही समयमै घटनास्थलमा प्रहरी पुगेको थियो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।