२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मासु खाँदा घाँटीमा हड्डी अड्किएर भरतपुरमा एक जनाको मृत्यु



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ३७१
  • हेटौंडा - चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको छ। तनहुँ सिद्धेश्वर नगरपालिकाका करण अंकलको घरमा बस्थे। मासु खाँदा २२ वर्षीय सुनारको घाँटीमा हड्डी अड्किएको थियो। 

    उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो। त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए। तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो। 

    भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।