२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब युवाको उमेर १८ देखि ३५ वर्ष मात्र



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २४४
  • काठमाडौं, भदौ १२ – सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुमोदन गरेसँगै नेपालमा युवाको उमेर समूह फेरबदल भएको छ। नयाँ नीतिअनुसार अब १८ देखि ३५ वर्षका व्यक्तिलाई मात्र युवा मानिने भएको हो।

    यसअघि लागू रहेको ‘राष्ट्रिय युवा नीति–२०७२’मा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनिएको थियो। करिब एक दशकपछि संशोधन भएको नयाँ नीतिले उमेर दायरा घटाएर १८–३५ मा सीमित गरेको हो।

    राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, बालबालिकासम्बन्धी कानुनले १८ वर्षभन्दा तलको उमेरलाई बालबालिका परिभाषित गरेको कारण नयाँ नीतिमा १८ वर्षदेखि मात्र युवाको परिभाषा सुरु गरिएको हो।

    संयुक्त राष्ट्रसंघले १५–२४ वर्षलाई युवा भने पनि, नेपालले आफ्नै सामाजिक र कानुनी सन्दर्भअनुसार १८–३५ वर्षलाई युवा वर्गमा राखेको बस्नेतले स्पष्ट पारे।

    उनका अनुसार, ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ हालसम्म संशोधन नभएकाले कानुनी रूपमा भने १६–४० वर्ष उमेर समूह नै लागू रहनेछ।

    २०७८ सालको जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहले कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत हिस्सा ओगटेको तथ्यांक छ। अब नयाँ परिभाषाअनुसार युवाको जनसङ्ख्या फेरि गणना गर्नुपर्ने हुनेछ।