२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

किसानलाई भुक्तानी दिन नसक्ने दुई तिहाइ सरकारको औचित्य के ? : ज्ञानेन्द्र शाही



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३७८
  • काठमाडौं, भदौ १३ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारलाई उखु किसानको भुक्तानी तत्काल गर्न चेतावनी दिएका छन्।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘दुई तिहाइ बहुमत भएको सरकारले किसानलाई नै त भुक्तानी दिन सक्दैन भने, यो सरकारको सामर्थ्य केमा देखिन्छ ?’

    शाहीका अनुसार, उखु किसानले आफ्नो माग पूरा गर्न राजधानीको माइतीघरमा आन्दोलन गरिरहेका छन् तर, नेताहरू प्रदर्शनस्थल पुगे पनि किसानलाई न्याय दिलाउनेतर्फ सरकार गम्भीर नभएको उनले आरोप लगाए।

    उनले सरकारको प्राथमिकतामै किसानको मुद्दा नपरेको स्पष्ट भएको टिप्पणी गर्दै, किसानलाई तोकिएको समयमै पैसा दिन माग गरेका हुन्।