१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा राति–राति खाल्डा पुरिँदै, सडक डिभिजनको विशेष अभियान सुरु



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १८९
  • काठमाडौं, भदौ ११ – काठमाडौंका सडकमा देखिने खाल्डाखुल्डीलाई नियन्त्रण गर्न सडक डिभिजन कार्यालयले विशेष अभियान सञ्चालन गरेको छ।

    यस अन्तर्गत जडीबुटी–मनोहरा पुलदेखि माइतीघर मण्डलासम्मको सडक खण्डमा हिजो राति ‘प्याच वर्क’ मार्फत खाल्डाखुल्डीहरू भरिएका छन्। कार्यालयले रातिको समयमा सवारी चाप कम हुने भएकाले मर्मत कार्य तीव्र गतिमा सम्पन्न गरिएको जनाएको छ।

    सडक डिभिजनका अधिकारीहरूका अनुसार निरन्तर वर्षा र बढ्दो सवारी दबाबका कारण सडकमा खाल्डा बनेर दुर्घटनाको जोखिम बढिरहेको थियो। त्यसैले यात्रुहरूलाई सुरक्षित र सहज आवागमनको वातावरण बनाउन तत्कालीन रूपमा खाल्डा पुरिएको हो।

    यात्रु र चालकहरूले सडकमा पर्ने खाल्डाखुल्डीका कारण लामो समयदेखि असुविधा खेप्नुपरेको गुनासो गर्दै आएका थिए। डिभिजनले भने अन्य सडक खण्डहरूमा पनि आवश्यकताअनुसार मर्मत कार्य निरन्तर गरिने जनाएको छ।