२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा युवा शक्ति टीमद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न ७१ जनाले गरे रक्तदान



  • सिमोन भट्टराई
  • ११ महिना अघि
  • पाठक संख्या ५३९
  • कुवेत - कुवेत १२ सेप्टेम्बर केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम शुक्रबार कुवेतको सेन्ट्रल ब्लड बैंकमा उत्साहजनक सहभागिता बीच सम्पन्न भएको छ।

    कार्यक्रममा विभिन्न पेशा, क्षेत्र र समुदायका व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो ७१ जनाले स्वेच्छिक रक्तदान गरी समाजप्रतिको आफ्नो उत्तरदायित्व पूरा गरेका छन आयोजक टोलीका अनुसार यस अभियानको उद्देश्य कुवेतमा रहेका नेपाली तथा अन्य समुदायलाई आपतकालीन अवस्थामा रगतको अभाव हुन नदिन सहयोग पुर्‍याउनु र स्वेच्छिक रक्तदानको संस्कारलाई प्रोत्साहन गर्नु हो।

    रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्षसहित विभिन्न संघसंस्था, क्लब र सामाजिक अभियन्ताहरूको उपस्थिति देखिएको थियो कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो, जसले उनीहरूलाई थप उत्साहित बनाएको आयोजक टोलीले बुझाइ थियो।

    कार्यक्रमको समापनमा युवा शक्ति टीमका अध्यक्ष महेश लामाले सबै रक्तदाताहरू तथा कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरे। उनले भने “रक्तदान नै जीवनदान हो आगामी दिनमा यस अभियानलाई अझ व्यवस्थित र व्यापक बनाई हरेक वर्ष निरन्तरता दिने हाम्रो लक्ष्य छ”

    यस प्रकारका सामाजिक अभियानहरूले कुवेतमा बसोबास गर्ने नेपालीहरूबीच एकता र सहयोगको भावना थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।