२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीलाई भने 'जीबी राईलाई नेपाल झिकाउन सहयोग गरिदिनुस्'

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीलाई भने 'जीबी राईलाई नेपाल झिकाउन सहयोग गरिदिनुस्'



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या ३८७
  • काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल फिर्ता पठाइदिने वातावरण बनाउन  मलेसियाका गृह मन्त्रीलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्री सिफुद्धिन नासुसन बिन इजमाललाई यस्तो आग्रह गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

    उपप्रधान एवम् गृहमन्त्री लामिछानेले नेपालमा सहकारी ठगेर मलेसियामा आश्रय लिइरहेका राईलाई जसरी भएपनि नेपालमा बुझाइदिन मन्त्री इजमाललाई आग्रह गरेका थिए । नेपालको सो आग्रहमा मलेसिया सकारात्मक रहेको पनि गृहमन्त्रालयले जनाएको छ। 

    टेलिफोन कुराकानीमा गृहमन्त्री लामिछानेले मलेसियामा रहेका नेपाली श्रमिकको सुरक्षाका बारेमा पनि त्यहाँका गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।