८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

३ घण्टा देखि झोलुङ्गे पुलमा अडकिएर छटपटाई रहेका १४ खच्चर



  • सिमोन भट्टराई
  • ७ महिना अघि
  • पाठक संख्या २०९
  • काठमाडौं - दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा  अडकिएका १४ वटा खच्चरको अझै उद्धार हुन सकेको छैन् । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न आउँदै गरेका खच्चरहरु झोलुङ्गे पुलको लठ्ठा चुँडिदा खच्चर पुलमै अडकिएका हुन् । 

    स्थानीय प्रत्यक्षदर्शी रोबिन सञ्ज्यालकाअनुसार पुलको एकातर्फको फलामे लठ्ठा चुँडिदा खच्चर पुलमै अडकिएका हुन् । घटना आइतबार बिहान साढे नौ बजेतिरको हो ।  एउटा लठ्ठा चुँडिदा तेस्रो परेको जालीमा खच्चर फसेका छन् । तीन घण्टा देखि उद्धार नपाएको खच्चरहरु छटपटाई रहेका छन् ।