२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१८ देशमा राजदूत सिफारिस



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या २०८
  • काठमाडौं  - सरकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेसहित १८ जनालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी हुन्।

    भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको हो ।

    भारतमा शंकर शर्मा नै सिफारिस भएका छन्। राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि यो सरकारले पुनः सिफारिस गरेको हो। स्रोतका अनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ ।

    यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिसमा भएका छन्। 

    मन्त्रीपरिषदले चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ। ओली यसअघि केपी ओली नै प्रधानमन्त्री रहेका बेला राष्ट्रिय योजना आयोगको सदस्य थिए।  

    मलेसियाका लागि यसअघिकै सिफारिसअनुसार डा. नेत्रप्रसाद तिम्सिनाको नाम पठाइने भएको छ। त्यस्तै जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, साउदी अरबमा नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, अस्ट्रेलिया कान्ता रिजाल तथा पाकिस्तानमा रिता धिताल राजदूत सिफारिस भएका छन्।