८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महाशिला गाउँपालिकाले थाल्यो ओखरखेती

जनशक्ति अभाव र बाँदर आतंकबाट बाँझिएको जमिनलाई पुनः खेतीयोग्य बनाउन महाशिला गाउँपालिकाले ओखरको खेति सुरु



???????
  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १९५
  • पर्वत - बाँदरले सम्पूर्ण खेतीबाली नस्ट गरेपछि र जनशक्तिको अभाबले गर्दा ओखरको खेति सुरु गरियको छ। 

    महाशिला गाउँपालिकामा बाँझो जमिन सदुपयोग गर्न र बाँदरले दिने क्षति न्यूनीकरण गर्न ओखरखेती थालिएको हो। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत ११ हजार पाँच सय ओखरका बिरुवा रोपिएका छन्। यो कार्यक्रम जनशक्ति अभाव र बाँदर आतंकबाट बाँझिएको जमिनलाई पुनः खेतीयोग्य बनाउन र किसानलाई आर्थिक रूपमा सहयोग पुर्‍याउन सुरू गरिएको हो। 

    ओखर रोप्नका लागि पालिकाले किसानलाई बिरुवाका साथै खाडल खन्न र रोप्नका लागि अनुदान पनि प्रदान गरेको छ। ओखरका बिरुवाले तीनदेखि पाँच वर्षभित्र फल दिन थाल्छन् र दस वर्षभित्र एउटा बोटले ४,२०० भन्दा बढी ओखर उत्पादन गर्न सक्छ। यो अभियानसँगै कागती, सुन्तला र मेडाडेमियानट (जापानिज कटुस) खेती पनि विस्तार गरिएको छ।

    महाशिला गाउँपालिकामा बाँदरबाट हुने क्षति रोक्न ३० लाख रुपैयाँ खर्चेर बाँदरलाई निकुञ्जमा लगेर छाड्ने प्रयास गरिएको थियो, तर यो प्रयासले प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेपछि पालिकाले किसानहरूलाई कम क्षति हुने बाली, जस्तै ओखरखेती लगाउन प्रेरित गर्न थालेको हो। बाँदरले कम क्षति पुर्‍याउने यस्तो बालीबाट किसानहरूले आफ्नो बाँझो जमिन सदुपयोग गर्न र आर्थिक रूपमा फाइदा लिन सक्ने अपेक्षा गरिएको छ। 

    यसरी बाँदर समस्यालाई व्यवस्थापन गर्दै बाँझो जमिनको उपभोगका लागि कृषि विस्तारको यो रणनीति अपनाइएको हो।