२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

केहि दिनको लागि दुईवटा चन्द्रमा देख्न पाइने

पृथ्वीले केही समयका लागि एउटा नयाँ "फुच्चे चन्द्रमा" प्राप्त गर्नेछ।



little moon
  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या २६२
  • पृथ्वीले केही समयका लागि एउटा नयाँ "फुच्चे चन्द्रमा" प्राप्त गर्नेछ। यो चन्द्रमा वास्तवमा एउटा क्षुद्रग्रह हो, जसको नाम २०२४ पिटी ५ हो। यसले आगामी सेप्टेम्बर २९ देखि नोभेम्बर २५ सम्मको अवधिमा चन्द्रमाले जस्तै गरी पृथ्वीको परिक्रमा गर्नेछ।

    यो क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण बलले तानेर केही समयका लागि पृथ्वीको परिक्रमा गर्नेछ। तर, यो क्षुद्रग्रह लामो समयसम्म पृथ्वीसँग रहने छैन। यो परिक्रमा गरेपछि फेरि सूर्यको कक्षमा फर्किनेछ, जसलाई हेलियोसेन्ट्रिक अर्बिट भनिन्छ।

    दक्षिण अफ्रिकास्थित नासाको वेद्यशालामा रहेका उपकरणहरूले यसलाई अगष्ट ७ मा पत्ता लगाएको हो। यस क्षुद्रग्रहको व्यास १६ देखि १३८ फिटसम्म हुने अनुमान छ, तर यसलाई यकिन गर्न थप अध्ययनको आवश्यकता छ।

    खगोलविद्हरुले यो क्षुद्रग्रहले पृथ्वीको कक्षमा प्रवेश गर्दा कुनै पनि खतराको सम्भावना नरहेको बताएका छन्। यो पृथ्वीबाट २६ लाख माइल टाढाबाट परिक्रमा गर्नेछ, जुन पृथ्वी र चन्द्रमाबीचको दूरीको १० गुणा बढी हो। यसले पृथ्वीमा कुनै हानि पुर्‍याउने सम्भावना नरहेको शोधकर्ताहरूले जनाएका छन्। 

    यसअघि सन् २०१३ मा रुसको चेलियाबिन्स्कमा प्रवेश गरेको क्षुद्रग्रहभन्दा यसपटकको क्षुद्रग्रह ठूलो छ, तर कुनै खतराको संकेत छैन।