२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बहिनीलाई जिस्काउने युवकको चक्कु प्रहारबाट हत्या



  • एजेन्सीको सहयोगमा
  • १ महिना अघि
  • पाठक संख्या १०७
  • मध्यप्रदेश,  भदौ ८ - भारतको मध्यप्रदेशको गुना जिल्लामा एक युवकले आफ्नी बहिनीलाई लगातार जिस्क्याउने युवकको हत्या गरेका छन् ।

    प्रहरीले दिएको जानकारीअनुसार २१ वर्षीय अभिषेक टिङ्गाले साथीहरूको सहयोगमा अनिल नामक युवकलाई चक्कु प्रहार गरी ज्यान मारेका हुन् ।

    घटनामा प्रयोग गरिएको चक्कु विशेष कारणले चर्चामा छ — यही चक्कु केही दिनअघि अभिषेककी बहिनीको जन्मदिनको केक काट्न प्रयोग गरिएको थियो ।

    प्रहरी अनुसन्धानअनुसार मृतक अनिलले अभिषेककी बहिनीलाई निरन्तर फोन सम्पर्क गरी विवाहको दबाब दिइरहेका थिए । उनले युवतीलाई सुनचाँदीका गहना दिने प्रलोभन देखाउँदै सम्बन्धमा आउन आग्रह गरेका थिए ।

    युवतीले यो विषय दाइलाई बताएपछि अभिषेक आक्रोशित बनेका थिए । उनले आफ्ना साथीहरूसँग मिलेर अनिलमाथि प्रतिशोध लिने योजना बनाएर अनलाइनमार्फत पाँच वटा चक्कु समेत खरिद गरेका थिए । केही दिनसम्म निगरानीपछि शुक्रबार अनिललाई रक्सी सेवन गरिरहेको अवस्थामा भेटेर उनीहरूले घेरा हालेर आक्रमण गरेका हुन् ।

    घटनापछि अभिषेकसहित उनका साथीहरू फरार रहेका छन् । गुना प्रहरी प्रमुख अंकित सोनीले युवतीको जन्मदिनमा प्रयोग भएको चक्कुले नै हत्या गरिएको पुष्टि गर्दै फरार आरोपीहरूको खोजी जारी रहेको जानकारी दिएका छन् ।