६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चाडबाड नजिकिदै गर्दा खाद्यान्नको मूल्यमा उल्लेखनीय वृद्धि

नेपाली व्यापारीहरूले दशैँ र तिहारको तयारीका कारण अत्यावश्यक खाद्यान्नको मूल्यमा उल्लेखनीय वृद्धि गरेका छन्।



Food
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २३३
  • नेपाली व्यापारीहरूले दशैँ र तिहारको तयारीका कारण अत्यावश्यक खाद्यान्नको मूल्यमा उल्लेखनीय वृद्धि गरेका छन्।

    चाडपर्वको समयमा माग वृद्धि हुने भएकाले व्यापारीहरूले आफ्नो खाद्य सामानहरुको मूल्य बढाउने चलन पहिले देखिनै  रहेका छ। यस वर्ष पनि, प्रमुख चाड दशैँ, तिहार नजिकिँदै गर्दा खाद्य वस्तुहरूको मूल्यमा उल्लेखनीय बृद्धि भएको छ, जसले गर्दा सर्वसाधारण उपभोक्तालाई आर्थिक रूपमा दबाब परेको छ।

    मूल्य वृद्धिले उपभोक्ताको जीवनयापनमा गम्भीर नकारात्मक असर पार्ने खतरा बढ्दै गएको उपभोक्ता अधिकारकर्मीहरूले चेतावनी दिएका छन्। उनीहरूका अनुसार व्यापारीहरूको अनियन्त्रित मूल्य वृद्धिले सर्वसाधारणको आर्थिक अवस्थालाई झन् जटिल बनाइरहेको छ। चाडबाडमा झन् पैसा धेरै खर्च हुने गर्छ। यससंगै खाद्यान्नको पनि मुल्य बढेमा जनता थप मारमा पर्छन ।

    अधिकारकर्मीहरूले सरकारलाई बजार अनुगमन कडा बनाउन र मूल्य स्थिरता कायम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्। विशेषगरी चाडपर्वको समयमा खाद्य सामग्रीको मूल्य नियन्त्रण गर्न चुनौती रहेको उनीहरूको भनाइ छ।