२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अविरल वर्षाका कारण कृषिमा पाँच अर्ब रूपैयाँको क्षति

देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।



Krishi
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २२४
  • देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। जसको कृषिमा पाँच अर्ब रूपैयाँको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार, बाली, पशुपन्छी, मत्स्यपालन, र कृषि पूर्वाधारमा व्यापक क्षति भएको छ।

    सबैभन्दा ठूलो क्षति धान बालीमा भएको छ, जसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर लगायतका जिल्लामा ५८,४७६ हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड रूपैयाँ बराबरको नोक्सानी भएको छ। खोटाङमा १३ सय हेक्टर अलैँची खेती नष्ट हुँदा ७० करोड बराबरको क्षति भएको छ। 

    पर्सा जिल्लामा उखु खेतीमा पनि ३४ करोड रूपैयाँको क्षति भएको छ, भने माछापालनका क्षेत्रमा १ अर्ब १३ करोड रूपैयाँको क्षति भएको छ। साथै, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा २४ वटा पशुगोठमा क्षति पुगेको छ र २६,२०५ पशुपन्छीको मृत्यु भएको छ।

    फलफूल बगैंचा, तरकारी बाली, र कोल्डस्टोरहरूमा पनि क्षति पुगेको छ, जसमा तीन कोल्डस्टोरमा ठूलो नोक्सानी भएको छ। सरकारले थप क्षतिको विवरण संकलन गरिरहेको बताएको छ।