दुबईमा हालै एक अनौठो प्रेम कहानीले चर्चा पाएको छ, जहाँ एक व्यक्तिले आफ्नी पत्नीको बिकिनी लगाउने चाहना पूरा गर्नका लागि सिंगै निजी टापु खरीद गरेका छन्। दुबईकी सोसल मिडिया सेलिब्रेटी सउदी अल नदाकले इन्स्टाग्राममा पोस्ट गरेको एक भिडियो भाइरल बनेको छ, जहाँ उनले श्रीमान जमाल अल नदाकले आफूलाई उपहार दिएको टापु देखाएकी छन्।
सउदीले भिडियोको क्याप्सनमा लेखेकी छिन्, "जब तपाईं बिकिनी लगाउन चाहनुहुन्छ र तपाईंको करोडपति श्रीमानले तपाईंलाई निजी टापु किनिदिन्छन्।" सउदी र जमालको विवाह ३ वर्ष अघि भएको थियो, र उनीहरूको प्रेम कलेजमा पढ्दा सुरु भएको थियो।
सउदी अल नदाकले आफ्नो विलासी जीवनशैली सामाजिक सञ्जालहरू जस्तै इन्स्टाग्राम र टिकटकमा शेयर गर्ने गर्छिन्। हालै उनले १० लाख डलरको हिराको औँठी र २० लाख डलरको कलाकृति खरीद गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस