८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संघीय सरकारलाई हर्क साम्पाङको पत्र

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई पत्र लेख्दै दुर्गन्धमुक्त फोहोर व्यवस्थापन गर्ने स्थल निर्माणका लागि आवश्यक बजेटको माग गरेका छन्।



Harka Sampang
  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १२६
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई पत्र लेख्दै दुर्गन्धमुक्त फोहोर व्यवस्थापन गर्ने स्थल (स्यानिटरी ल्यान्डफिल साइट) निर्माणका लागि आवश्यक बजेटको माग गरेका छन्। उनले धरानको फोहोर व्यवस्थापन अत्यन्त जरुरी रहेको भन्दै जंगलमा फोहोर फाल्दा समस्या थपिने र राजनीति गर्नेहरूको संख्यामा वृद्धि भएको उल्लेख गरेका छन्। साथै, सुख्खा याममा फोहोरमा आगलागी हुँदा डढेलो लाग्ने समस्या पनि उनले औंल्याएका छन्।

    साम्पाङले सरकारलाई तुरुन्तै बजेट विनियोजन गर्न अनुरोध गरेका छन्। उनले फोहोर व्यवस्थापनको अध्ययन मात्र नभई, तत्काल कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन्।

    त्यसैगरी, उनले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउने परियोजना शुरू गर्न पनि सरकारसँग आग्रह गरेका छन्। उनले धरानका जनता खानेपानीका लागि लामो समयदेखि संघर्ष गरिरहेको र सरकारले किन धरानलाई खानेपानी जस्तो आधारभूत सुविधाबाट वञ्चित गरेको हो भन्ने प्रश्न उठाएका छन्। उनले खानेपानी समस्याको समाधान नगरे धरानका जनताले सरकारको औचित्यमाथि प्रश्न उठाउने चेतावनी पनि दिएका छन्।

    462146049_1072958371292559_8110612980903987883_n-(1)-1728362186.jpg

    462298109_1073850044536725_2733752136125062888_n-1728362186.jpg