२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका निलम्बित मेयर बस्नेतलाई आज सजाय तोकिने



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १९८
  • काठमाडौं, असार १६ - सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरिएका नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सोमबार विशेष अदालतले सजाय तोक्दैछ।

    विशेष अदालतको न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाले बस्नेतसहित पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेललाई गत असार ६ गते दोषी ठहर गरिसकेको थियो। अदालतले जेठ १६ गतेलाई सजाय निर्धारणको मिति तय गरेको थियो।

    बस्नेतले राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    अदालतको फैसलामा कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्न बस्नेतलाई घुस दिएको पुष्टि भएको छ। तर बस्नेतकी श्रीमती उर्मिलालाई भने अदालतले सफाइ दिएको छ।

    अख्तियारले उक्त मुद्दामा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो असुल उपर गर्न, त्यसको दोब्बर जरिवाना र १० वर्षसम्मको कैद सजाय माग गर्दै अभियोगपत्र पेस गरेको थियो। साथै, बस्नेतले पदाधिकारीको हैसियतमा अपराध गरेकाले थप १० प्रतिशत सजायको माग पनि गरिएको छ।

    अदालतले आज (सोमबार) दोषी ठहर गरिएका बस्नेतमाथि अन्तिम सजाय तोक्नेछ।