२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधिसभामा कांग्रेस र रास्वपाबीच तीव्र भनाभन, एकअर्कामाथि 'चोर'को आरोप



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २७०
  • काठमाडौं, असार १५ - आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदबीच तीव्र भनाभन भएको छ। रास्वपाका सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप-प्रत्यारोपको अवस्था सिर्जना भएको हो।

    सांसद डिपी अर्यालले संसदमा बोल्दै राजनीतिलाई पेसा बनाउँदै देश दोहन गर्नेहरूमाथि आक्रोश पोखेका थिए। उनले भने, “हामीले कस्तो समाज निर्माण गरिरहेका छौं? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने अवस्था छ।” उनले पेसा र व्यवसाय गरेर इमानदारीपूर्वक जीवन यापन गर्नेहरूमाथि पुराना नेताहरूले आरोप लगाउने प्रवृत्ति रहेको भन्दै त्यसको आलोचना गरे।

    उनको भनाइप्रति प्रतिक्रिया दिँदै कांग्रेस सांसद रामहरि खतिवडाले ‘चोरको खुट्टा काट भन्दा खुट्टा झिके जस्तो’ केही सांसद प्रस्तुत भएको टिप्पणी गरे। उनले कसैको नाम नलिएर बोलेको दाबी गर्दै आफू अदालतबाट निर्दोष प्रमाणित भइ संसद प्रवेश गरेको पनि स्पष्ट पारे।

    सांसद खतिवडाले भने, “कुनै पनि संस्थामाथि छानबिन गर्नुपर्छ भन्दा किन केही सांसदले ठूलो स्वरमा कराउनुपर्छ?” भन्दै रास्वपाका सांसदहरूलाई प्रश्न गरेका थिए।

    प्रतिनिधिसभामा संसदिय मर्यादा कायम राख्दै बहस हुनु पर्ने माग गरिरहेका बेला दलहरूबीचको यस्तो आरोप–प्रत्यारोपले सदनको वातावरण फेरि पनि तातिएको छ।