१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाले बोलायो संसदीय दलको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २६५
  • काठमाडौं, असार १३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ।

    रास्वपाका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले दिएको जानकारीअनुसार बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि तय गरिएको हो।

    बैठकमा पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरण र यससँग सम्बन्धित घटनाक्रमबारे विस्तृत छलफल हुने बताइएको छ। विशेषगरी सो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नामसमेत जोडिएपछि रास्वपाले लगातार संसदमा विरोध गर्दै गृहमन्त्रीको राजीनामा माग्दै आएको छ।

    यसबीच मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा समिति गठन गरिसकेको छ। तर रास्वपाले उक्त समिति स्वीकार नगरेको स्पष्ट पारेको छ।

    रास्वपाका नेताहरूले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै संसदीय दबाब बढाउने तयारीसमेत गरेका छन्। शनिबारको बैठकमा पार्टीको आगामी रणनीति तय गरिने बताइएको छ।