६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा रविका समर्थक र सहकारी पिडितहरु आमने सामने हुने

लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताहरू प्रदर्शनको तयारी गरिरहेका छन् भने सहकारी पीडितहरू पनि सडक सङ्घर्षको तयारीमा छन्।



Rabi Supporter
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १५६
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा उनका समर्थक र सहकारी पिडितहरु आमने सामने हुने भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा स्थिति तनावपूर्ण बन्न सक्ने देखिएको छ। लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताहरू प्रदर्शनको तयारी गरिरहेका छन् भने सहकारी पीडितहरू पनि सडक सङ्घर्षको तयारीमा छन्। रास्वपाले पोखराको मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्ने योजना बनाएको छ, जबकि सहकारी पीडितहरूले गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका छन्। 

    जिल्ला प्रशासन कार्यालयले दुबै पक्षलाई प्रदर्शन नगर्न आग्रह गरे पनि दुबै पक्ष आ-आफ्नो प्रदर्शनका लागि तयार देखिएका छन्। यस्तो परिस्थितिमा पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ, सम्भावित भिडन्त रोक्नका लागि प्रहरीको उपस्थिति उल्लेखनीय हुनेछ।

    तपाईलाई यो घटनाको बारेमा कस्तो लागिरहेको छ?