२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुई महिनामै ५ करोड रुपैयाँ बराबरको स्याउ बिक्री

कर्णाली प्रदेशमा दुई महिनामा मात्र करिब ५ लाख केजी (५०० टन) स्याउ बिक्री भएको छ, जसबाट करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।



Apple
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १६५
  • कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएको अर्गानिक स्याउको बिक्री उल्लेखनीय रूपमा बढेको छ। दुई महिनामा मात्र करिब ५ लाख केजी (५०० टन) स्याउ बिक्री भएको छ, जसबाट करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कर्णालीका जुम्ला, कालीकोट, डोल्पा, मुगु, र हुम्ला जिल्लामा उत्पादन भएको स्याउ सुर्खेत हुँदै बुटवलमा भित्रने गरेको छ।

    स्थानीय व्यवसायी कलाधर पन्थीका अनुसार स्याउको गुणस्तर, सस्तो मूल्य, र उपभोक्ताहरूको स्वदेशी उत्पादनप्रतिको रुचिको कारण कर्णालीको स्याउको माग गत वर्षको तुलनामा दोब्बर भएको छ । पन्थीले यस सिजनमा मात्रै ५५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री गरेको बताएका छन्। 

    कर्णालीका व्यापारीहरूका अनुसार स्वदेशी स्याउको उत्पादन र खपत बढ्दै गर्दा भारतीय र चिनियाँ स्याउको बिक्रीमा कमी आएको छ। जुम्लामा करिब १८,००० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ, जसको निर्यातले ५० करोड रुपैयाँको आम्दानी गरेको छ।

    व्यापारीहरूले सरकारलाई स्याउ खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति अपनाउन आग्रह गरेका छन्। कर्णालीको स्याउ उत्पादनलाई बढाउने र भण्डारण सुविधाहरू सुधार गर्ने हो भने नेपालले आफ्नै उत्पादनले तीनदेखि छ महिना सम्मको माग धान्न सक्ने सम्भावना रहेको बताइएको छ।