२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तिहार, छठलगायतका चाडपर्वमा प्लास्टिकका मालाको प्रयोगमा प्रतिबन्ध

बाँकेको कोहलपुर र कैलालीको टीकापुर नगरपालिकाले तिहार, छठलगायतका चाडपर्वमा प्लास्टिकका फूलगुच्छा र मालाको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।



Plastic Mala
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १६१
  • बाँकेको कोहलपुर र कैलालीको टीकापुर नगरपालिकाले तिहार, छठलगायतका चाडपर्वमा प्लास्टिकका फूलगुच्छा र मालाको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यसको मुख्य उदेश्य पर्यावरणीय संरक्षणका साथै स्थानीय पुष्प व्यवसायलाई प्रोत्साहन गर्नु हो। 

    कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले प्लास्टिकजन्य फूलगुच्छा तथा मालाले वातावरणलाई प्रदूषित पार्ने र स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले प्रतिबन्ध लगाइएको बताएका छन्। उनले स्थानीय किसानद्वारा उत्पादन गरिएको फूलको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेर यो कदम चालेको बताए। 

    यस्तै, कैलालीको टीकापुर नगरपालिकाले पनि प्लास्टिकका माला प्रयोग नगर्न आग्रह गर्दै स्थानीय फूललाई प्राथमिकता दिन अनुरोध गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले प्लास्टिकका मालाले स्थानीय पुष्प व्यवसायीलाई घाटा पुर्‍याउने हुँदा तिहार र छठमा यसको बिक्रीमा रोक लगाएको बताए। 

    गत वर्ष प्लास्टिकका मालाले बजारमा स्थान ओगट्दा धेरै पुष्प व्यवसायीको फूल बारीमै सडेको थियो। यस वर्ष स्थानीय किसान र व्यवसायीहरूले पालिकाको निर्णयले राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।