२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने थप बयानका लागि सरकारी वकिलको कार्यालयमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २१७
  • पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ। लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण, र सहकारी ठगी आरोपमा अनुसन्धान भइरहेको छ। 

    प्रहरीले लामिछानेको लागि दोस्रो पटक ७ दिनको म्याद थप गरेको छ। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद कात्तिक १४ गतेसम्म छ। तिहार बिदाका कारण अदालत १५ गतेदेखि बन्द हुने भएकाले उनलाई कार्तिक २० गते मात्रै अदालतमा पेस गरिनेछ।