८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

साफ वुमन्स च्याम्पियनसिप समाप्त भएलगत्तै सावित्रा भण्डारी (साम्बा) फ्रान्स लागिन

साफ वुमन्स च्याम्पियनसिप २०२४ समाप्त भएलगत्तै नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्स फर्किएकी छिन्।



Samba
  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १६५
  • साफ वुमन्स च्याम्पियनसिप २०२४ समाप्त भएलगत्तै नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्स फर्किएकी छिन्। बुधबार राति फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएपछि बिहीबार बिहानै उनले फ्रान्सको व्यावसायिक फुटबल क्लब इए अभान्ट गुएग्यापमा सामेल हुन यात्रा गरेकी हुन्। 

    सावित्रा फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग 'प्रिमियरा लिग' मा खेल्छिन् र राष्ट्रिय टिमबाट खेल्नका लागि नेपाल आएकी थिइन्। च्याम्पियनसिपमा उनले समूह चरणको एक खेल, सेमिफाइनल र फाइनल खेल गरी तीन खेल खेलिन् जसमा दुई गोल गरिन्। 

    फाइनलअघि, सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै उनले खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएकी थिइन् र पेनाल्टीमा पनि गोल गरिन्, जसको सहारामा नेपालले भारतलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो।