८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्न निषेध

यो नियम उल्लंघन गरेमा ६ महिना जेल सजाय वा एक लाख येन जरिवाना हुनेछ।



Cycling
  • एजेन्सीको सहयोगमा
  • २ महिना अघि
  • पाठक संख्या ७९
  • जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको नयाँ नियम हालै लागु भएको छ।

    यो नियम उल्लंघन गरेमा ६ महिना जेल सजाय वा एक लाख येन जरिवाना हुनेछ। संशोधित सडक कानुनअनुसार, साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्ने र मदिरा सेवन गरेर साइकल चलाउने व्यक्तिहरूलाई गम्भीर सजायको व्यवस्था गरिएको छ।

    मदिरा सेवन गरेको अवस्थामा साइकल चलाएमा तीन वर्षसम्म जेल र पाँच लाख येन जरिवाना हुने व्यवस्था गरिएको छ।

    जापानमा हालैको कोभिड महामारीपछि साइकल प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भएसँगै दुर्घटनाहरू बढ्न थालेका छन्। त्यसैले जापानी सरकारले साइकल सम्बन्धी नियमहरूलाई थप कडा बनाएको हो।