२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

छठको लागि जनकपुरधाममा करिब पाँच करोड रुपैयाँ बराबरको केरा आयात

छठ पर्वमा व्रतालुहरूले भगवानलाई अर्पण गर्ने परम्पराका कारण केराको माग अत्यधिक बढेको छ।



Banana
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २२०
  • छठ पर्वको लागि जनकपुरधाममा भारतबाट करिब पाँच करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ। छठ पर्वमा व्रतालुहरूले भगवानलाई अर्पण गर्ने परम्पराका कारण केराको माग अत्यधिक बढेको छ।

    जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले हरेक वर्ष नेपालमा उत्पादनले माग धान्न नसक्ने र भारतबाट आयात गर्नु पर्ने बताए। यस वर्ष करिब ८५ ट्रक केरा आयात गरिएको छ।

    नेपालको सप्तरी क्षेत्रबाट गोपाल र वंशीभोग जातका केरा आयात गरिएको छ भने मालभोग, मिरिचमान, र चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज, र चम्पारण क्षेत्रबाट ल्याइएका छन्। यस वर्ष केराको मूल्यमा पनि करिब २० प्रतिशतको वृद्धि भएको छ। 

    यादवका अनुसार, एक ट्रकमा १,२०० घरी केरा आउँछ र हरेक ट्रकको आयात खर्च करिब छ लाख रुपैयाँ पर्छ। बजारमा केराको प्रतिघरी ५०० देखि १००० रुपैयाँसम्म बिक्री भइरहेको छ।