८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहरको सूची, काठमाडौँ अठारौँ स्थानमा

वायु प्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा रहेको छ।



Pradusan
  • एजेन्सीको सहयोगमा
  • ७ महिना अघि
  • पाठक संख्या १०७
  • वायु प्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा रहेको छ। आईक्यु एयरका अनुसार दिल्लीको वायु प्रदूषण सूचक (एयर क्वालिटी इन्डेक्स) ४१२ एक्युआई प्लस यूएस पुगेको छ। दिल्लीपछि पाकिस्तानको लाहोर दोस्रो स्थानमा छ, जहाँ एक्युआई २२० रहेको छ। लाहोरमा प्रदूषणको उच्च स्तरका कारण स्थानीय प्रशासनले लकडाउन जारी गर्दै नोभेम्बर ४ देखि एक हप्तासम्म विद्यालय बन्द गरेको छ।

    त्यस्तै, भारतको कलकत्ता तेस्रो स्थानमा, इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौँ, र चीनको वुहान छैटौँ स्थानमा छन्। सूचीमा अन्य सहरहरूमध्ये भियतनामको होनाइ सातौँ, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ, र मंगोलियाको उलनबाटर दशौँ स्थानमा छन्। नेपालकाे राजधानी काठमाडौँ पनि अठारौँ स्थानमा परेको छ, जहाँ प्रदूषण सूचक ११३ एक्युआई रहेको छ। 

    विशेषगरी तिहारको पटाका र घुलो-धुँवाका कारण काठमाडौँमा प्रदूषण बढेको बताइएको छ। प्रदूषण उच्च भए पनि, यसलाई न्यूनीकरण गर्न खासै पहल नभएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।