१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जलेश्वरमा छठको लागि भारतबाट ५० लाख रुपैयाँ बराबरको केरा आयात

छठ पर्वको अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिक्री गर्नका लागि स्थानीय व्यापारीहरूले भारतबाट ५० लाख रुपैयाँ बराबरको केरा भित्र्याएका छन्।



Banana
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २९९
  • छठ पर्वको अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिक्री गर्नका लागि स्थानीय व्यापारीहरूले भारतबाट ५० लाख रुपैयाँ बराबरको केरा भित्र्याएका छन्। यस वर्ष जलेश्वरमा लग्ने अन्तिम हाटबजारमा ५० लाखको केरा भित्र्याइएको छ, जसमा गोपाल, मालभोग, वंशीभोग र मृचमानजस्ता विभिन्न प्रजातिका केराहरू रहेका छन्।

    पहिलेका वर्षहरूमा २०–२५ लाख रुपैयाँ बराबरको केरा भित्र्याइन्थ्यो भने यो वर्ष २५ ट्रक केराहरू सामूहिक रूपमा ल्याइएको छ। यसलाई पाँच–सात जना स्थानीय व्यापारीहरूले आपसमा बाँडेर बिक्री गर्ने गरेका छन्। जनसङ्ख्या बढ्दै गएको र छठ पर्वका लागि केराको उच्च माग हुने भएकाले यसपालि ४० ट्रक केरा जलेश्वरमा आइपुगेको छ। 

    जलेश्वर बजारमा केराको मूल्य प्रतिघार ६–७ सयदेखि १,५०० सम्म पुगेको छ। यो बजारमा छठ पर्वका लागि वरपरका अन्य पालिकाका बर्तालुहरू पनि बिहानैदेखि केरा किन्न आउँदै आएका छन्।