६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई बयानका लागि रुपन्देही ल्याइदै, भैरहवामा दोहोरो प्रदर्शन हुदै

रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही ल्याइने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १४४
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याइने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। मौसम प्रतिकूल भएको कारण लामिछानेलाई पोखराबाट ल्याउन केही ढिलाइ भएको छ।

    रास्वपाले भैरहवामा लामिछानेको समर्थनमा प्रदर्शनको तयारी गरेको छ, जहाँ नेता र कार्यकर्तालाई बिहान १० बजे उपस्थित हुन भनिएको छ। यसै क्रममा सहकारी ठगीका पीडितहरू पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शन गर्न लागेका छन्।

    संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेको नाममा करिब दुई करोड र अन्य व्यक्तिहरूमार्फत १४ करोड भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ, जसको बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो।