२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मौसम खुलेसँगै रवि लामिछानेलाई बयानका लागि भैरहवा पठाइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि पोखराबाट भैरहवा पठाइएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १७४
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि पोखराबाट भैरहवा पठाइएको छ। मौसम खुलेसँगै उनलाई बुद्ध एयरको जहाजमार्फत कास्कीबाट रुपन्देहीको भैरहवा पठाइएको हो। 

    रुपन्देहीमा लामिछानेको आगमनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। साथै, लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले भैरहवामा प्रदर्शन गरिरहेका छन्। 

    संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदन अनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ लामिछानेको नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ। यो प्रकरणमा बयानका लागि नै उनलाई रुपन्देही ल्याइएको हो। 

    यसअघि, कास्कीमा पनि रवि लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लागेको थियो।