८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेसँग सुप्रिम सहकारी ठगी प्रकरणमा बयान सुरु

रास्वपाका सभापति रवि लामिछानेसँग रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा सुप्रिम सहकारी ठगी प्रकरणमा बयान सुरु भएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १३५
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा सुप्रिम सहकारी ठगी प्रकरणमा बयान सुरु भएको छ। लामिछानेलाई मंगलबार कास्कीबाट बुद्ध एयरको विमानमार्फत भैरहवा ल्याइएको थियो। 

    सुप्रिम सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणजस्ता आरोपमा लामिछानेलाई २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको थियो। पोखराबाट बुद्ध एयरको पहिलो उडानबाट भैरहवा ल्याउने तयारी भए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको थियो। 

    रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गरिएको हो। रास्वपाका समर्थकहरूले भैरहवाको बुद्धचोक र लुम्बिनी गेट क्षेत्रमा लामिछानेको समर्थनमा प्रदर्शन गरेका छन्।

    सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा खर्च गरेको आरोपमा लामिछानेसहित ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।