२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डले कीर्तिपुरमा आगामी उपनिर्वाचनमा नयाँ इतिहास रच्न सकिने दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरमा आगामी उपनिर्वाचनमा नयाँ इतिहास रच्न सकिने दाबी गरेका छन्।



Puspakamal Dahal
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १२९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरमा आगामी उपनिर्वाचनमा नयाँ इतिहास रच्न सकिने दाबी गरेका छन्।

    मेयर र वडाका उम्मेदवारहरुको घोषणासभामा उनले कीर्तिपुरको जनमत माओवादी केन्द्रको पक्षमा रहेको र चुनावी नतिजा सकारात्मक हुने विश्वास व्यक्त गरे।पार्टी उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई जिताउन घरदैलो अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै, प्रचण्डले जनताको घरघरमा पुगेर आत्मसमीक्षासहित समर्थन माग्न जोड दिएका छन् ।

    कीर्तिपुरलाई अन्यायविरुद्धको प्रतीक बताउँदै उनले विकासको अभियान त्यहाँबाट सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।