२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछानेसँग बिहानदेखि लिखित बयान लिन सुरु

मंगलबार दिउँसो भैरहवा ल्याइएका रास्वपाका सभापति रवि लामिछानेसँग सुरुमा मौखिक प्रश्नहरू सोधिएपछि आज बिहान १०:३० बजेबाट लिखित बयान लिइएको हो।



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १८२
  • सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ। रुपन्देही प्रहरीले लामिछानेसँग बुधबार बिहानदेखि लिखित बयान लिन सुरु गरेको छ। मंगलबार दिउँसो भैरहवा ल्याइएका लामिछानेसँग सुरुमा मौखिक प्रश्नहरू सोधिएपछि आज बिहान १०:३० बजेबाट लिखित बयान लिइएको हो।

    लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, सरकारी वकिल कार्यालयको टोलीद्वारा लामिछानेलाई कम्तिमा ५० वटा लिखित प्रश्न सोधिनेछ। मंगलबार साँझसम्मको प्रारम्भिक बयानमा लामिछानेले अधिकांश प्रश्नमा आरोप अस्वीकार गरेका थिए।

    प्रहरी स्रोतका अनुसार लामिछानेले सुप्रिम सहकारीका सदस्य र ऋणी नरहेको दाबी गर्दै आफूलाई राजनीतिक उद्देश्यले हिरासतमा राखिएको बताएका छन्।

    यसैबीच, लामिछानेको बयान जारी रहँदा भैरहवामा रास्वपा नेता–कार्यकर्ता र सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन्। रास्वपा कार्यकर्ताहरूले सहकारी ठगी प्रकरणमा ८७ अर्ब रुपैयाँको अपचलन भएको भन्दै सरकारसँग पीडितहरूको बचत फिर्ता गराउन माग गरेका छन्।