२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विश्व माटो दिवसमा टिकटक भिडियो प्रतियोगिता आयोजना, प्रथम पुरस्कार रु २०,०००

विश्व माटो दिवस २०२४ को अवसरमा नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ)को संयुक्त सहकार्यमा टिकटक भिडियो प्रतियोगिता आयोजना हुने भएको छ।



Tiktok
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २६५
  • विश्व माटो दिवस २०२४ को अवसरमा नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ)को संयुक्त सहकार्यमा टिकटक भिडियो प्रतियोगिता आयोजना हुने भएको छ। माटोको महत्त्वबारे जनचेतना फैलाउन यो प्रतियोगिता आयोजना गरिएको हो।  

    ‘माटो सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवस मनाउन लागिएको छ। प्रतियोगितामा सहभागी हुन घर, खेत, बारी वा अन्य स्थानमा गई माटोको महत्त्व झल्कने सिर्जनशील टिकटक भिडियो बनाउनुपर्नेछ। भिडियोको अवधि ४५ सेकेन्डभन्दा बढी हुनु हुँदैन।  

    सहभागीहरूले आफूसँग रहेको टिकटक खाता प्रयोग गरी भिडियो पोस्ट गर्नुपर्नेछ। साथै, भिडियो [email protected] मा पठाउनुपर्नेछ। प्रतियोगिताका लागि भिडियो पठाउने अन्तिम म्याद मङ्सिर १५ (डिसेम्बर १, २०२४) तोकिएको छ।  

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, दोस्रो, र तेस्रो स्थान हासिल गर्ने सहभागीलाई क्रमशः नगद रु २०,०००, रु १५,०००, र रु १०,००० का साथै प्रमाणपत्र र विशेष उपहार प्रदान गरिनेछ।

    डिसेम्बर ५ मा मनाइने विश्व माटो दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रमले माटोको संरक्षण र यसको महत्त्वबारे व्यापक जनचेतना फैलाउने विश्वास लिइएको छ।