नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सयदिने अभियान’ सुरु गरेको छ। यो अभियानअन्तर्गत ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
जिल्ला समितिले बुधबारदेखि १३ वटै स्थानीय तहका १३५ वडामा नेता र कार्यकर्तालाई परिचालन गरेको छ। अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश गमन र पार्टी परित्यागका कारण रिक्त रहेका पदहरूमा केन्द्र र जिल्लाबाट परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ।
पार्टी विधानबमोजिम सदस्यता सम्बन्धी कार्यलाई प्राथमिकता दिँदै, ‘सदस्यता घर–आँगन’ अभियानलाई विशेष अभियानको रूपमा सञ्चालन गरिनेछ।
यसै क्रममा, पालिका र काठमाडौँ सम्पर्क समिति गठन नभएका स्थानीय तहहरूमा नयाँ समिति गठन गरिने र पार्टी तथा जनप्रतिनिधिहरूबीच समन्वय संयन्त्र स्थापना गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस