२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकट सकियो : पारस खड्का

सचिव खड्काले टिकट नपाएका समर्थकहरूलाई टेलिभिजन वा डिजिटल प्लेटफर्ममार्फत खेल हेर्न अनुरोध गर्दै भने, "कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहोस्।"



Paras Khadka
  • Sangeeta Gurung
  • ७ महिना अघि
  • पाठक संख्या १६३
  • नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकट सकिएको जानकारी दिएका छन्।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले पहिलो खेलका लागि उपलब्ध सबै टिकट र भिआइपी पासहरू सकिएको बताएका छन्।

    सचिव खड्काले टिकट नपाएका समर्थकहरूलाई टेलिभिजन वा डिजिटल प्लेटफर्ममार्फत खेल हेर्न अनुरोध गर्दै भने, "कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहोस्।"

    शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदैछ। यस संस्करणमा ८ टिम बीच प्रतिस्पर्धा हुनेछ।