२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

यू-१९ एसीसी एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्ने

दुबई: यू-१९ एसीसी एसिया कप क्रिकेट अन्तर्गत नेपालले मंगलबार अफगानिस्तानसँग अन्तिम समूह चरणको खेल खेल्दैछ।



Game
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १५६
  • दुबई: यू-१९ एसीसी एसिया कप क्रिकेट अन्तर्गत नेपालले मंगलबार अफगानिस्तानसँग अन्तिम समूह चरणको खेल खेल्दैछ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा नेपाली टोली सान्त्वना जितको खोजीमा हुनेछ।

    नेपाल यसअघि नै सेमिफाइनल होडबाट बाहिरिइसकेको छ। समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो।

    समूह ‘बी’ मा दुई खेलबाट चार अंकसहित श्रीलङ्का शीर्ष स्थानमा रहँदा बङ्गलादेश समान चार अंकसहित दोस्रो स्थानमा रहेको छ। यी दुवै टोली सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

    नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिने निश्चित भइसकेको छ। नेपाली समयअनुसार, नेपाल र अफगानिस्तानबीचको खेल बिहान १०:४५ बजे सुरु हुनेछ।

    समूह ‘ए’ मा पाकिस्तान, यूएई, भारत र जापान छन्। यस समूहमा पनि दुई-दुई खेल सम्पन्न भइसकेका छन्। पाकिस्तान चार अंकसहित शीर्ष स्थानमा रहँदा यूएई दुई अंकसहित दोस्रो स्थानमा छ। भारत तेस्रो र जापान अंकविहीन अवस्थामा चौथो स्थानमा छन्। पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।