चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी बचत अपचलन र संगठित अपराध अनुसन्धानका लागि चितवन लगिएको छ। मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत उनलाई चितवन पुर्याइएको उनका सचिवालयले जानकारी दिएको छ।
सभापति लामिछानेलाई मंसिर १३ गते काठमाडौं ल्याई कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनसम्बन्धी बयान लिइएको थियो। सोही प्रकरणमा चितवनमा समेत पक्राउ पुर्जी जारी भएपछि थप अनुसन्धानका लागि उनलाई चितवन लगिएको हो।
यसअघि कात्तिक २ गते सोही अभियोगमा पोखराको चःमतिबाट पक्राउ परेका लामिछानेलाई सुर्यदर्शन (पोखरा), सहारा (चितवन), सुप्रिम (बुटवल), स्वर्णलक्ष्मी (काठमाडौं), र सानो पाइला (वीरगञ्ज) सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस