बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता सुरू भएको छ।
प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेपछि भेटवार्ता सुरू भएको हो।
भ्रमण टोलीका सदस्यहरूले केहिबेरमा दुई देशबीच महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने जानकारी दिएका छन्। भेटवार्तामा दुवैतर्फका उच्चस्तरीय नेताहरूको उपस्थिति रहेको छ।
प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो।
प्रतिक्रिया दिनुहोस