काठमाडौं, १७ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अवकाशको संकेत दिएका छन्।
चितवनमा आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै देउवाले “अब म रिटायर्ड हुन लाग्या छु” भन्दै पार्टीलाई एक बनाउन चाहेको बताएका हुन्।
पाँचपटक प्रधानमन्त्री बनेका देउवाको यो सन्देशले कांग्रेसमा नयाँ नेतृत्वको बाटो खोलिएको संकेत दिएको छ। कांग्रेसको विधानअनुसार उनी तेस्रो पटक सभापति बन्न अयोग्य भइसकेका छन्।
तर, विधान संशोधनमार्फत प्रतिस्पर्धा गर्न सक्ने हैसियत हुँदाहुँदै उनले त्यसो नगर्नु संस्थागत मर्यादा कायम राख्ने निर्णयको रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूले देउवाको निर्णयलाई नेपाली राजनीति र लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक सन्देशको रूपमा लिएका छन्।
एमाले र माओवादी नेताहरू जस्तो नेतृत्व छाड्न हिचकिचाउने प्रवृत्तिबाट अलग देखिएको देउवाको यो सन्देशलाई राजनीतिक वृत्तले गम्भीरताका साथ हेरेको छ।
प्रतिक्रिया दिनुहोस