२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीले चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न आग्रह

ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्य गर्न आग्रह गरेका छन्।



Kp oli
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १६५
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्य गर्न आग्रह गरेका छन्।

    चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालसँग शैक्षिक सहकार्य गर्न आग्रह गरे।

    उनले सम्बोधनका क्रममा नेपाल र चीन प्राचीन ज्ञानका धरोहर भएको उल्लेख गर्दै महान् दार्शनिक र ऋषिहरूका शिक्षाले पुस्तौँसम्म प्रेरणा दिएको बताए।

    प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको र ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को प्रशंसा गर्दै चीनले ८० करोड मानिसलाई गरिबीबाट उठाएको कुरा नेपालका लागि प्रेरणादायी भएको पनि उल्लेख गरे।