६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई मध्यरातमा पोखरा लगियो

रास्वपा का सभापति रवि लामिछानेलाई बुधबार मध्यरातमै पोखरा लगिएको छ।



Rabi Lamichhane
  • Sangeeta Gurung
  • ९ महिना अघि
  • पाठक संख्या १४०
  • चितवन - चितवनमा बयानका लागि लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुधबार मध्यरातमै पोखरा लगिएको छ।

    चितवन प्रहरीका अनुसार लामिछानेलाई बुधबार राति ९ बजे बयान सकिएकोले राति ३ बजे पोखराका लागि लगिएका हो। प्रहरीका अनुसार पर्सामा पनि पक्राउ पूर्जी जारी भएकाले आइतबार अदालतमा उपस्थित गराउन पोखरा पठाइएको दाबी गरिएको छ।

    लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बिहीबार विमानमार्फत पोखरा लैजाने तयारी रहे पनि बुधबार भएको प्रदर्शनपछि आत्तिएर प्रहरी प्रशासनले स्थलमार्ग हुँदै राति नै पोखरा लगेको बताएका छन्।

    रास्वपाका नेताहरूले भने लामिछानेलाई परिवारका सदस्यलाई पूर्व जानकारी नगराई मध्यरातमा हिँडाउनु शंकास्पद भएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले प्रहरीको यो कदमलाई जोखिमपूर्ण भन्दै आलोचना गरेका छन्।

    बुधबार लामिछानेका पक्षमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ४८ जना रास्वपाका नेता तथा कार्यकर्ता र २० जना प्रहरी घाइते भएका थिए। प्रदर्शनको क्रममा उत्पन्न तनावकै कारण उनलाई राति नै पोखरा पठाइएको उनीहरूको भनाइ छ।