काठमाडौं- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर धुमधामका साथ मनाइँदैछ। त्रेतायुगमा राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह सम्झनामा यो पर्व मनाइन्छ।
जनकपुरधाममा राम–सीताको प्रतीकात्मक झाँकी, मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कारसहित महोत्सव भव्य रूपमा मनाइँदैछ। लाखौं भक्तजनको सहभागिताले जनकपुर उल्लासमय बनेको छ।
काठमाडौंका बत्तीसपुतली, गोकर्णेश्वरलगायतका राम मन्दिरहरूमा पनि विशेष पूजा र कार्यक्रम हुँदैछन्। पवित्र स्नान, भजन–कीर्तन र झाँकीमार्फत श्रद्धालुहरूले पर्व मनाइरहेका छन्।
चितवनको अयोध्यापुरीलाई रामको जन्मभूमि ठानी अध्ययन भइरहेको छ। विवाह पञ्चमीले धार्मिक आस्था र मिथिला संस्कृतिलाई झल्काउने यो पर्व आज देशभर उल्लासपूर्वक मनाइँदैछ।
प्रतिक्रिया दिनुहोस